• vacancy ad
  • माओवादी केन्द्रको केन्द्रीय समितिको बैठक सुरु

  • Ad Space available
  • काठमाडाैं। सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (माओवादी केन्द्र)को केन्द्रीय समितिको बैठक आज दोस्रो दिन पनि जारी छ।

    अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले शनिबार पेस गरेको राजनीतिक प्रतिवेदन र विधान संशोधन प्रस्तावमाथि छलफल भइरहेको छ।

    आजको बैठकमा अध्यक्षको दुई प्रतिवेदनमाथि समूहगतरुपमा छलफलकाे निश्कर्ष टोली नेताले बैठकमा पेस गरिरहेका छन्।

    अध्यक्ष दाहालको प्रतिवेदनमाथि छलफल गर्न केन्द्रीय सदस्यलाई विभिन्न आठ समूहमा विभाजन गरिएको थियो।

    यसअघि पार्टीको स्थायी समितिको बैठक बसेको थियो। बैठकमा केन्द्रीय समितिमा प्रस्तुत भएको राजनीतिक प्रतिवेदन र विधानकाबारेमा छलफल भएको बताइएको छ।

    सिफारिस
    लोकप्रिय