• vacancy ad
  • पाकिस्तानको स्वतन्त्रता दिवस : राष्ट्रपति र प्रधानमन्त्रीद्वारा शुभकामना

  • Ad Space available
  • काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारी र प्रधानमन्त्री शेरबहादुर देउवाले इस्लामिक गणतन्त्र पाकिस्तानको ७५औँ स्वतन्त्रता दिवसका अवसरमा आफ्ना समकक्षीहरूमा शुभकामना व्यक्त गरेका छन् ।

    राष्ट्रपति भण्डारीले पाकिस्तानी राष्ट्रपति डा. आरिफ आल्भी तथा प्रधानमन्त्री देउवाले आफ्ना समकक्षी इमरान खानलाई बेग्लाबेग्लै सन्देश पठाएर स्वतन्त्रता दिवसको शुभकामना व्यक्त गरेका हुन् ।

    ad space

    सन्देशमा राष्ट्रपति भण्डारी र प्रधानमन्त्री देउवाले पाकिस्तानको शान्ति, प्रगति र समृद्धिको शुभकामना व्यक्त गर्दै नेपाल र पाकिस्तानबीचको विद्यमान मैत्रीपूर्ण सम्बन्ध भविष्यमा थप विकसित हुने विश्वास व्यक्त गरेको परराष्ट्र मन्त्रालयले जनाएको छ । 

  • ad space
  • सिफारिस
    लोकप्रिय