• vacancy ad
  • सुनसरीमा शुक्रबार राति १२ बजेदेखि निषेधाज्ञा

  • Ad Space available
  • सुनसरी। कोरोना संक्रमित बढेपछि सुनसरी प्रशासनले निषेधाज्ञा लगाउने भएको छ । सुनसरी जिल्ला प्रशासन कार्यालयमा बसेको बैठकले सुनसरी क्षेत्रभित्र शुक्रबार १२ बजे रातिदेखि २४ गते रातिसम्म निषेधाज्ञा जारी गर्ने निर्णय गरेको कार्यालयका सूचना अधिकारी महेशकुमार पोख्रेलले जानकारी दिए ।
    यो अवधिमा अत्यावश्यकबाहेक हिँडडुल र सवारी साधन सञ्चालनमा रोक लगाइएको छ ।

    सर्वसाधारणलाई कतै ननिस्की घर बस्ने आदेश जारी गरिएको छ भने सरकारी कार्यालयलाई आलोपालो गरेर सेवा प्रवाह गर्न भनिएको छ । सवारी साधन जोरविजोर प्रमाणीमा मात्र सञ्चालन गर्न पाइने जिल्ला प्रशासनले जनाएको छ । यता खाद्यान्नका पसलहरु बिहान ६ बजेदेखि ११ बजेसम्म मात्र खोल्न दिइने छ ।

    ad space

    सिमानाबाट संक्रमण आउने खतरा टार्न जिल्लाको भण्टाबारी नाकाबाट विदेशी नागरिकलाई प्रवेश निषेध गरिएको छ ।

  • ad space
  • सिफारिस
    लोकप्रिय