• vacancy ad
  • महन्थ ठाकुरले दिए कडा आन्दोलनमा जाने चेतावनी

  • Ad Space available
  • काठमाडौं । जनता समाजवादी पार्टी (जसपा)को आधिकारिकता गुमाएका नेता महन्थ ठाकुरले आफूहरूका माग पूरा नगरे सरकारविरुद्ध आन्दोलनमा जान बाध्य हुने चेतावनी दिएका छन् ।

    शनिबार काठमाडौंमा आयोजित आफूपक्षीय वाग्मती प्रदेशका अगुवा कार्यकर्ताहरूको भेलामा उनले सांसद रेशम चौधरीलगायत मधेस आन्दोलनका क्रममा बन्दी बनाइएका, झुटो आरोप लागेका नेता–कार्यकर्ताहरूलाई तत्काल रिहा नगरे कडा आन्दोलनमा जान बाध्य हुने चेतावनी दिए ।

    ad space

    उनले लाल आयोगको प्रतिवेदन तत्काल सार्वजनिक गर्न पनि सरकारसित माग गरे ।
    अर्का नेता शरतसिंह भण्डारीले वर्तमान सरकार आफूहरूको माग सम्बोधन गर्न गम्भीर नभएको आरोप लगाए । उनले मन्त्रिपरिषद्लई पूर्णता दिन नसक्ने वर्तमान सरकारले आफूहरूको माग सम्बोधन गर्ला भन्ने आशा नगरेको पनि बताए ।

    उनले मधेस आन्दोलनका क्रममा लगाइएको झुटो मुद्दा फिर्ता लिन, बन्दी जीवन बिताइरहेका नेता–कार्यकर्ताहरूलाई तत्काल रिहाइ गर्न पनि सरकारसित आग्रह गरे ।

  • ad space
  • सिफारिस
    लोकप्रिय