• vacancy ad
  • पाकिस्तानको स्वतन्त्रता दिवसमा राष्ट्रपति र प्रधानमन्त्रीद्वारा शुभकामना व्यक्त

  • Ad Space available
  • काठमाडाैं। राष्ट्रपति विद्यादेवी भण्डारी र प्रधानमन्त्री शेरबहादुर देउवाले इस्लामिक गणतन्त्र पाकिस्तानको ७५औं स्वतन्त्रता दिवसका अवसरमा शुभकामना व्यक्त गरेका छन्।

    राष्ट्रपति भण्डारीले पाकिस्तानी राष्ट्रपति डा.आरिफ आल्भी तथा प्रधानमन्त्री देउवाले आफ्ना समकक्षी इमरान खानलाई बेग्लाबेग्लै सन्देश पठाएर स्वतन्त्रता दिवसको शुभकामना व्यक्त गरेका हुन्।

    सन्देशमा राष्ट्रपति भण्डारी र प्रधानमन्त्री देउवाले पाकिस्तानको शान्ति, प्रगति र समृद्धिको शुभकामना व्यक्त गर्दै नेपाल र पाकिस्तानबीचको विद्यमान मैत्रीपूर्ण सम्बन्ध भविष्यमा थप विकसित हुने विश्वास व्यक्त गरेका छन्।

    सिफारिस
    लोकप्रिय