• vacancy ad
  • गण्डकीमा रेग्मीको नेतृत्वमा एमालेको छायाँ सरकार

  • Ad Space available
  • पोखरा। नेकपा एमालेले गण्डकी प्रदेशमा छायाँ सरकार बनाएकाे छ। प्रमुख प्रतिपक्षी एमालेको संसदीय दलको बैठकले बैठकले ९ सदस्यीय छायाँ सरकार बनाएको हो।

    गण्डकी प्रदेशमा रहेका ११ वटा मन्त्रालयका काम कारबाहीलाई निगरानी र खबरदारी गर्न माेहनप्रसाद रेग्मीको संयोजकत्वमा छायाँ सरकार बनाएकाे हो ।

    ad space

    सांसद मोहनप्रसाद रेग्मीको संयोजकत्वमा मुख्यमन्त्री तथा मन्त्रिपरिषद् हेर्ने गरी समूह गठन गरिएको छ। जसमा मायानाथ अधिकारी र मीना गुरुङ सदस्य छन्।

    सांसद राजीव पहारीले छायाँ सरकारको युवा, खेलकुद तथा स्वास्थ्य समूह सम्हाल्ने जिम्मेवारी पाएका छन्।

    भौतिक पूर्वाधार, विकास तथा यातायात समूहको जिम्मा पूर्वमन्त्री रामशरण बस्नेतले पाएका छन्। उनको समूहमा रोशन गाहा मगर र प्रभा कोइराला सदस्य छन्।

    उद्योग, पर्यटन, वन तथा वातावरण समूहको नेतृत्व पूर्वमन्त्री विकास लम्साललाइ दिइएको छ। उनको समूहमा रामबहादुर गुरुङ र लक्ष्मी सुनार सदस्य छन्।

    त्यस्तै, सामाजिक विकास समूहको जिम्मा पूर्वमन्त्री नरदेवी पुनमगरले सम्हाल्ने छिन्। सांसद जनकलाल श्रेष्ठ र इन्द्रधारा विष्ट उनको समूहमा सदस्य छन्।

    सांसद चन्द्रमोहन गौचनको संयोजकत्वमा कानुन, सूचना सञ्चार, प्रदेश मामिला समूह बनेको छ। उनको समूहमा पुष्पा केसी भण्डारी सदस्य छिन्।

    इन्द्रलाल सापकोटाको संयोजकत्वमा बनेको अर्थ समूहमा सांसद कृष्णबहादुर थापा सदस्य छन्। भूमि, व्यवस्था, कृषि समूहको संयोजकमा मित्रकुमारी गुरुङ छिन्। उनको समूहमा सांसद मनबहादुर गुरुङ, महेन्द्र थकाली सदस्य छन्।

    सांसद मीनप्रसाद गुरुङको नेतृत्वमा बनेको ऊर्जा, खानेपानी समूह गठन भएको छ। सो समूहका सदस्यमा सांसद धनञ्जय दवाडी छन्।

  • ad space
  • सिफारिस
    लोकप्रिय