• vacancy ad
  • लिबियाबाट ८४ नाजेरियाली कैदी मुक्त

  • Ad Space available
  • एजेन्सी। लिबियाको कारागारमा रहेका ८४ जना नाइजेरियाली कैदीलाई रिहा गरिएको छ।

    न्याय मन्त्रालयले शुक्रबार दिएको जानकारीअनुसार ती कैदीलाई उनीहरुका बच्चासहित रिहा गरिएको हो। रिहा भएका ती कैदीलाई उनीहरुकै देश नाइजेरिया फिर्ता पठाएको अधिकारीले जनाएका छन्।

    अदालतको आदेशबाट रिहा भएका यी सबैलाई लिबियाबाट निकालिएको मन्त्रालयद्वारा प्रकाशित विज्ञप्तिमा जनाइएको छ। सबै कानूनी प्रक्रिया पछ्याउने जिम्मा पाएका टोलीले नै उनीहरुलाई देश निकाला गरेको जनाइएको छ।

    अवैध आप्रवासी वा आपराधिकरुपमा दोषी ठहरिएका सवैलाई उनीहरुकै देश फर्काइएको अधिकारीले जानकारी दिएका छन्। दुवै देशका अधिकारीको उपस्थितिमा उनीहरुलाई आफ्नै देश फिर्ता पठाइएको हो।

    सिफारिस
    लोकप्रिय