• vacancy ad
  • माओवादी केन्द्रको केन्द्रीय कमिटीको बैठक आजदेखि

  • Ad Space available
  • नेकपा माओवादी केन्द्रको केन्द्रीय कमिटीको बैठक आजदेखि शुरु हुने भएको छ। बिहान ११बजे बस्ने बैठकमा पार्टी विधान संशोधन लगायका विषय पेश हुनेछ।

    आजदेखि शुरु हुने केन्द्रीय कमिटीको बैठकमा अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले राजनीतिक प्रतिवेदन एवं साङ्गठनिक प्रतिवेदन पेश गर्ने पार्टी प्रवक्ता नारायणकाजी श्रेष्ठले जानकारी दिए।आजको केन्द्रिय कमिटी बैठकको एजेण्डा तय गर्न हिजो स्थायी कमिटीको बैठक बसेको थियो।

    ad space

    यस्तै, मुलुकको पछिल्लो राजनीतिक अवस्था एवं पार्टी सङ्गठनको अवस्थाका बारेमा छलफल हुने गरी प्रस्ताव तय भएको माओवादी केन्द्रले जनाएको छ ।

    हिजोको स्थायी समितिको बैठकमा पार्टी अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले सरकारलाई सफल बनाउने गरी परिचालित हुन पार्टीका नेता तथा कार्यकर्तालाई निर्देशन दिएका थिए ।

  • ad space
  • सिफारिस
    लोकप्रिय