काठमाडौं। कायममुकायम प्रधानसेनापति रथी प्रभुराम शर्मा र नेपालका लागि भारतीय राजदूत विनयमोहन क्वात्राबीच शिष्टाचार भेटवार्ता भएको छ।
सैनिक मुख्यालय जङ्गी अड्डामा भएको भेटमा दुईपक्षीय हित तथा पारस्परिक सम्बन्धका विषयमा छलफल भएको सैनिक जनसम्पर्क तथा सूचना निर्देशनालयले जनाएको छ।
उनीहरुबीचको भेटवार्ताले दुई देशबीचको सम्बन्धलाई सुमधुर र प्रगाढ तुल्याउन थप योगदान पुग्ने सेनाले विश्वास लिएको छ।
सिफारिस
लोकप्रिय



