• vacancy ad
  • अफताव आलमको मुद्दा ‘हेर्न नमिल्ने’मा

  • Ad Space available
  • इँटाभट्टामा मजदुरलाई जिउँदै जलाएको अभियोगमा जिल्ला अदालतको आदेशले पुर्पक्षका लागि थुनामा रहेका नेपाली कांग्रेसका निलम्बित सांसद मोहम्मद अफताव आलमको मुद्दा हेर्न नमिल्ने हुँदै सुनुवाइ सरेको छ।

    आलमको मुद्दा शुक्रबार न्यायाधीशद्वय प्रकाशमानसिंह राउत र कुमार रेग्मीको इजलासमा पेसी तोकिएको थियो। तर मुद्दा हेर्न नमिल्ने हुँदै सुनुवाइ सरेको हो। पेशी पहिलो नम्बरमै भए पनि हेर्न नमिल्नेमा राखिएको सर्वोच्च अदालतले जनाएको छ ।

    आलमले ७३ नम्बरको थुनुवा निवेदन सर्वोच्चमा दायर गरेका थिए । २०७७ असोज १२ गते दर्ता भएको निवेदनमा उनलाई थुनामा पठाउने निर्णय बदर हुनुपर्ने माग गरिएको छ । जिल्ला, उच्च अदालत हुँदै उनको मुद्दा सर्वोच्च आएको हो । आलमको मुद्दा रौतहट जिल्ला अदालतमा विचाराधीन रहेको छ ।

    सिफारिस
    लोकप्रिय