• vacancy ad
  • जनमोर्चाले गण्डकीका सांसद शाहीका विषयमा सत्यतथ्य बुझ्ने

  • Ad Space available
  • काठमाडौं। राष्ट्रिय जनमोर्चाले आफ्ना प्रदेशसभा सदस्य खिमविक्रम शाहीका सम्बन्धमा सत्यतथ्य बुझ्ने भएको छ ।

    बुधबार गण्डकी प्रदेशका मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङविरुद्धको अविश्वासको प्रस्तावमाथि छलफल भई मतदान गर्ने कार्यक्रम रहेपनि शाही प्रदेशसभामा अनुपस्थित भएर अस्पतालमा भेटिएका थिए ।

    ad space

    जनमोर्चाले अविश्वासका प्रस्तावमा समर्थन गर्ने निर्णय गरेको थियो । प्रदेशसभा सदस्य शाहीका सम्बन्धमा सत्यतथ्य बुझ्न पार्टीका तर्फबाट महासचिव मनोज भट्ट पोखरा पुगिसकेको प्रवक्ता दुर्गा पौडेलले जानकारी दिएकी छन्।

    यसैबीच आजै पार्टीले वक्तव्य जारी गर्दै गण्डकी प्रदेशका आफ्ना प्रदेशसभा सदस्य शाहीलाई अस्पतालमा बन्दीका रुपमा राखिएको जनाउँदै उनकोे स्थिति सार्वजनिक गर्न सरकारसँग माग गरेको थियो ।

    राष्ट्रिय जनमोर्चाका जिम्मेवार केन्द्रीय नेता तथा गण्डकी प्रदेशका सांसद जाँदा पनि उनलाई भेट गर्न नदिइएको जनाउँदै पार्टीले उनको स्थिति सार्वजनिक गर्न सरकारसँग माग गरेको छ ।

    बुधबार गण्डकी प्रदेशसभामा जनमोर्चाका सचेतक पियारी थापाले मुख्यमन्त्रीविरुद्ध राखिएको अविश्वास प्रस्तावमा पार्टीले समर्थन गरेका सन्दर्भमा मतदानको परिस्थिति बनेको दिन पार्टीबाट निर्वाचित प्रदेशसभा सदस्य शाहकिो अवस्था अज्ञात रहेकाले सदनमा उपस्थित हुन नसकेको भन्दै उनको अवस्था सार्वजनिक गर्न, जीवन रक्षा गर्न र निज सार्वजनिक नभएसम्म सदनको कारबाही नचलाउन माग गरेपछि सूचना टाँस गरी सदन बैठक स्थगन गरिएको थियो ।

  • ad space
  • सिफारिस
    लोकप्रिय