

बेलायतको प्याइमाउथमा भएको गोलीबारीमा ६ जनाको मृत्यु भएको प्रहरीले जनाएको छ । प्रहरीका अनुसार घटनामा मारिनेमा ३ महिला, २ पुरुष र एक सन्दिग्ध रहेका छन् । सबै जनाको गोली प्रहारबाट मृत्यु भएको बताएका छन् ।
प्याइमाउथ सटन र डेभोनपोर्टका सांसद लुक पोलार्डले मारिनेमध्ये एक १० वर्षभन्दा कम उमेरको बालिका रहेको बताएका छन् । डेभोन एन्ड कर्नवाल प्रहरीका अनुसार २ महिला र तीन पुरुषको घटनास्थलमा र एक महिलाको अस्पतालको उपचारको क्रममा मृत्यु भएको हो ।
घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ । प्रहरीले सर्वसाधारणलाई घरभित्रै बस्न पनि आग्रह गरेेको छ ।
सिफारिस
लोकप्रिय