

काठमाडौं । भारतले जयनगर–कुर्था रेलसेवा सम्झौता खारेज गर्ने चेतावनी दिएको छ ।
नेपालले सम्झौताअनुसार २० प्रतिशत अग्रिम भुक्तानी उपलब्ध गराउन नसकेपछि सम्झौता रद्द गर्ने भारतले चेतावनी दिएको हो ।
कोनकाँण कम्पनीले दुईवर्षअघि नै रेल सेवा संचालनका लागि प्रस्ताव गरेको थियो । सरकारले २ वटा रेल खरिद गर्ने निर्णय अनुसार कोनकाँणले दुईवटा रेलको डेमो २०२० सेप्टेम्बरमा पठाएको थियो ।
नेपालले भारतीय कम्पनीसँग सन् २०२१ मे २४ मा रेलसेवा संचालन गर्न सम्झौता गरेको थियो । सम्झौताअनुसार रेल चलाउन ट्रयाक पनि तयार भएको र रेल पनि आइसकेको भएपनि नेपालले भुक्तानी गर्न नसकेको भन्दै दुःख पनि व्यक्त गरिएको छ ।



सिफारिस
लोकप्रिय