• vacancy ad
  • मातृका यादवकाे कटाक्ष– केपी ओलीसहित परमादेश भन्नेहरुले सांसदबाट राजीनामा दिए हुन्छ

  • Ad Space available
  • काठमाडौं। नेकपा माओवादी केन्द्रका सांसद मातृका यादवले परमादेशबाट सरकार बनेको र संसदमा आएको भन्नेहरूलाइ राजीनामा दिन चेतावनी दिएका छन्।

    प्रतिनिधिसभाको विशेष समयमा बोल्दै यादवले परमादेश भन्ने केपी ओलीसहितका सबै सांसदलाइ राजीनामा दिन सुझाव दिए।

    ad space

    उनले आफूहरू परमादेशबाट नभइ जनादेशबाट आएको बताए। ‘संवैधानिक वा कानुनी विवाद उठ्यो भने संविधानले त्यो ब्याख्या गर्ने अधिकार सर्वोच्चलाई नै दिएको छ’, उनले भने, ‘उहाँहरुलाई त्यो भुत सवार छ भने राजीनामा दिए हुन्छ। परमादेश भन्ने अनि जनादेशको अपमान गर्ने? ज-जसलाई लागेको छ, राजीनामा दिए हुन्छ। यो सरकारले ६ महिनामा चुनाव गराइदिइहाल्छ। जसको मेन्टल्ली बिग्रेको छ त्यसले भन्छ परमादेश।’

    उनले अहिलेकाे गठबन्धनलाइ अपवित्र भनेकाे प्रति टिप्पणी गर्दै एमालेले कहिले पनि कांग्रेससँग गठबन्धन गरेन ? संविधान पनि गठबन्धनबाटै बनेकाेले अपवित्र भएको हो? भन्ने प्रश्न गरे।

  • ad space
  • सिफारिस