• vacancy ad
  • मोडेर्नाले सन् २०२२ मा तीन अर्ब डोज खोप उत्पादन गर्ने

  • Ad Space available
  • पेरिस। अमेरिकी औषधि उत्पादक कम्पनी मोडर्नाले सन् २०२२ मा कोभिड–१९ विरुद्धको तीन अर्ब डोज खोप उत्पादन गर्ने घोषणा गरेको छ।

    कम्पनीले जारी गरेको विज्ञप्तिमा युरोप र अमेरिकामा खोप उत्पादन र आपूर्ति बढाउन आर्थिक सहायता प्राप्त हुने विश्वास पनि व्यक्त गरेको छ। लगानी बढाइएको खण्डमा खोपका लागि आवश्यक तत्व उत्पादनलाई स्वीस साझेदार लोन्जा र स्पेनको रोभीले दोब्बर वृद्धि गर्न सक्षम हुनेछन् ।

    ad space

    अमेरिकामा रहेको मोडेर्नाको प्लान्टको उत्पादन क्षमता पनि ५० प्रतिशतले वृद्धि हुनेछ ।
    कम्पनीले तीन अर्ब खोप उत्पादनका लागि एमआरएनए खोप एवं मोडेर्नाकै पेडियाट्रिक खोप र भेरिएन्ट बुस्टर डोजको मिश्रणमा निर्भर हुने जनाएको छ। साथै कम्पनीले यस वर्ष ८० करोडदेखि एक अर्ब डोज खोप आपूर्ति गर्न सकिने प्रक्षेपण गरेको छ।

    कम्पनीका प्रमुख कार्यकारी स्टिफन बान्सेलले मोडेर्नाले विकास गरेको कोभिड विरुद्धको खोपले कोरोनाभाइरसको नयाँ प्रजातिको संक्रमण रोक्न पनि सफल भएको बताए ।

  • ad space
  • सिफारिस
    लोकप्रिय