काठमाडौँ । पूर्वप्रधानमन्त्री तथा जनता समाजवादी पार्टीका संघीय परिषद् अध्यक्ष डा।बाबुराम भट्टराईले संसदीय प्रणाली अपनाउने एमालेले संसदीय अंकगणितका आधारमा सरकारहरु फेरिँदा भने रोइलो गरेको बताएका छन्।
संसदीय अंकगणितका आधारमा केन्द्र र प्रदेशहरुमा धमाधम एमाले नेतृत्वका सरकारहरु ढलिरहेका छन्। जसलाई ओली पक्षीय एमालेले स्वाभाविक रुपमा लिएको छैन।
एमाले नेतृत्वका सरकारहरु ढल्नुलाई एमाले अध्यक्ष केपी ओली र उनी पक्षीय नेताहरुले ‘जनादेशविरुद्ध परमादेश’को रटान लगाइरहेका बेला भट्टराईले त्यसप्रति आपत्ति जनाएका हुन्।
‘ओली र ओली भक्तहरूले सबैतिर जनादेशविरूद्ध परमादेशको रटान गरेको सुनियो,’ नेता भट्टराईले ट्वीटरमा लेखेका छन्, ‘संसदबाट प्रधानमन्त्री चुन्ने प्रणालीमा संसदीय अंकगणित फेरिँदा प्रम फेरिनु स्वाभाविक हैन र ? त्यसो भए प्रत्यक्ष निर्वाचित राष्ट्रपति वा प्रम प्रणालीमा जाऊँ न त! त्यो चाहिं नमान्ने रे! चिची पनि पापा पनि खोज्न मिल्छ?’