• vacancy ad
  • गर्भपतन गराउने औषधी खुवाउँदा जिउँदै छोरी जन्मेपछि हत्या गरेर १८ वर्षदेखि फरार बाबु पक्राउ

  • Ad Space available
  • काठमाडौँ । नवजात शिशुको हत्यामा १८ वर्षदेखि फरार अभियुक्तलाई तनहुँ प्रहरीले पक्राउ गरेको छ। पक्राउ पर्नेमा तनहुँ आबुखैरेनी गाउँपालिका१ का ५१ वर्षीय प्रेमबहादुर सार्की रहेका छन्।

    उनलाई बुधबार पक्राउ गरिएको तनहुँका प्रहरी उपरीक्षक दिनेश मैनालीले बताए।
    २०६० साल वैशाख ११ गते उनलाई अदालतले कर्तव्य ज्यानमुद्दामा जन्मकैद सजाय सुनाएको थियो।

    ad space

    २०६० कात्तिक १८ गते तत्कालीन पुनरावेदन अदालत पोखराले पनि जिल्लाकै आदेश सदर गरेको थियो। उनलाई अदालत पेश गरिएकोमा अदालतले कारागार चलान गरेको प्रहरी उपरीक्षक मैनालीले बताए।

    नवजात शिशुको हत्या गरेको अभियोग सार्कीमाथि थियो। जबरजस्ती करणीबाट एक महिलाले गर्भाधारण गरेपछि उनले औषधी खुवाएर गर्भपतन गराई घटना लुकाउन खोजेका थिए।

    तर, छोरी जिउँदै जन्मेपछि सार्कीले खर बारीमा लगेर हत्या गरेको आरोप थियो। आरोप पुष्टि भएपछि अदालतले उनलाई जन्मकैद सजाय सुनाएको थियो।

    त्यतिबेलै प्रहरीले महिलालाई भने पक्राउ गरेको थियो। उनको बयानबाट घटनाको रहस्य सार्वजनिक भएपछि सार्कीलाई अदालतले दोषी ठहर्‍याएको थियो।

    यस्तै, तनहुँ प्रहरीले चेक अनादर मुद्दामा १ महिना कैद र ११ लाख २० हजार रूपैयाँ जरिवानाको फैसला सुनाएका अर्का फरार व्यक्तिलाई पक्राउ गरेको छ।

    पक्राउ पर्नेमा तनहुँ व्यास नगरपालिका(२ का ४९ वर्षीय रामचन्द्र पौडेल रहेका छन्।
    चार वर्षदेखि फरार उनलाई प्रहरीले बुधबार पक्राउ गरेको हो।

  • ad space
  • सिफारिस
    लोकप्रिय