• vacancy ad
  • थप ३,४८१ जनामा कोरोना सङ्क्रमण पुष्टि, ३० जनाको मृत्यु

  • Ad Space available
  • काठमाडाैं। एकै दिन आज ३ हजार ४८१ जनामा कोभिड–१९ पुष्टि भएको छ।

    स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका अनुसार १६ हजार ६५६ जनामा गरिएको परीक्षणमा तीन हजार ४८१ मा कोरोना सङ्क्रमण पुष्टि भएको हो।

    ad space

    विगत २४ घण्टामा एक हजार ८८५ निको भई घर फर्किएका छन्। योसँगै ६ लाख ७५ हजार ८३ निको भई घर फर्किएका हुन्। नेपालमा निको हुने दर ९३.६ प्रतिशत छ।

    यस्तै विगत २४ घण्टामा कोभिडका कारण ३० जनाको मृत्यु भएको छ। अहिलेसम्म १० हजार १८० जना को कोरोना सङ्क्रमणबाट मृत्यु भइसकेको छ।

  • ad space
  • सिफारिस
    लोकप्रिय