• vacancy ad
  • बेलायतमा कोरोनाबाट पाँच महिनापछि सबैभन्दा धेरै मृत्यु

    corona death
  • Ad Space available
  • एजेन्सी। कोरोना महामारीमा थप शक्तिशालीरुपमा देखापरेको ‘इन्डियन कोभिड भेरिएन्ट’को सङ्क्रमण बेलायतमा पछिल्ला केही हप्तामा तीव्ररुपमा बढ्नथालेको छ।

    बेलायतमा पाँच महिनापछि सबैभन्दा धेरै नागरिकको कोभिडका कारण मृत्यु भएको अधिकारीले जानकारी दिएका छन्। २४ घन्टामा १४६ जनाको सङ्क्रमणबाट निधन भएको छ। यो संख्या गएको मार्चको १२ तारिखपछिकै सबैभन्दा धेरै हो।

    गत हप्ताको तुलनामा सङ्क्रमण दुई गुणाले बढेको तथ्यांकले देखाएको छ।बेलायती स्वास्थ्य मन्त्रालयले मंगलबारमात्र २४ घन्टामा १४६ जनाको कोरोनाका कारण ज्यान गएको बताएको छ।

    यो समेत गरी यहाँ अहिलेसम्म कोरोना भाइरसबाट एक लाख ३० हजारभन्दा बढीको ज्यान गएको छ।

    कोरोनाविरुद्धको खोपका कारण इन्डियन भेरिएन्टबाट सुरक्षित हुन सतर्कता अपनाउन सरकारले अनुरोध गरेको छ। स्वास्थ्य अधिकारीले २४ घन्टामा २३ हजारभन्दा बढीमा कोरोनाको सङ्क्रमण देखिएको जनाएका छन्।

    सिफारिस
    लोकप्रिय