• vacancy ad
  • पर्यटन पुनरुत्थानको नीति तथा कार्यक्रम लागू गर्न व्यवसायीको माग

  • Ad Space available
  • काठमाडाैं। पर्यटन क्षेत्रका अगुवा संघसंस्थाले कोभिड–१९ महामारीबाट थलिएको मुलुकको पर्यटन क्षेत्रको पुनरुत्थानका लागि पर्यटनसँग सम्बन्धित नीति तथा कार्यक्रम यथाशीघ्र लागू गर्न सरकारसमक्ष माग गरेका छन्।

    होटेल संघ नेपाल, नेपाल पर्वतारोहण संघ, ट्रेकिङ एजेन्सिज एसोसिएशन अफ नेपाल (टान), नेपाल एसोसिएशन अफ टुर एन्ड ट्राभल एजेन्ट्स (नाट्टा), टुरिस्ट बस एसोसिएशन अफ नेपाललगायत १३ भन्दा बढी संस्थाले आज संयुक्त विज्ञप्ति जारी गर्दै कोभिड महामारीले अत्यन्तै प्रभावित बनेको पर्यटन उद्योगलाई बचाउन विभिन्न नौबुँदे माग अघि सारेका हुन्।

    ad space

    टानका अध्यक्ष खोमबहादुर सुवेदीले कोभिडका कारण संकटपूर्ण अवस्था रहेको पर्यटन उद्योग र यसले निम्त्याएको अन्योलता र अनिश्चितताका कारण कतिपय व्यवसाय सदाका लागि बन्द हुने, दक्ष जनशक्तिहरु पलायन हुने अवस्था आएको बताउँदै समयमै पर्यटन बचाउका लागि आवश्यक कदमहरु अघि नसारे पर्यटन पुनरुत्थान निकै जटिल बन्ने चिन्ता व्यक्त गरे।

    व्यवसायीले आर्थिक वर्ष २०७८/७९ को बजेटमा घोषणा गरिएका पर्यटनसँग सम्बन्धित नीति तथा कार्यक्रम लागू गर्दै देशभरि पर्यटकीय गन्तव्यहरुमा अग्रपङ्क्तिमा रही खटिएका पर्यटन सेवाप्रदायक व्यवसायी तथा सम्बन्धित क्षेत्रका कामदार, कर्मचारी एवम् सरोकारवालाहरुलाई कोभिड–१९ विरुद्धको खोप लगाउने व्यवस्था महिनादिनभित्र उपलब्ध गराउन माग गरेका छन्।

  • ad space
  • सिफारिस
    लोकप्रिय