• vacancy ad
  • विद्युत् प्राधिकरणका नवनियुक्त कार्यकारी निर्देशक घिसिङद्वारा पदबहाली

  • Ad Space available
  • काठमाडौं। नेपाल विद्युत प्राधिकरणको कार्यकारी निर्देशकमा पुन:नियुक्त भएका कुलमान घिसिङले पदभार ग्रहण गरेका छन्।

    उनी बुधबार प्राधिकरण पुगेर पदभार ग्रहण गरेका हुन्। उनलाई प्राधिकरण पुग्दा त्यहाँका कर्मचारीले स्वागत गरेका थिए।

    ad space

    सोमबार बसेको मन्त्रिपरिषद् बैठकले घिसिङलाई प्राधिकरणको कार्यकारी निर्देशकमा नियुक्त गरेको हो।

    नेपालमा १८ घन्टासम्म हुने लोडसेडिङ हटाउन प्राधिकरणको नेतृत्वमा रहेर भूमिका खेलेका घिसिङलाई पुनर्नियुक्त गर्न तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओलीले नमानेपछि गत वर्षको भदाैमा उनी हटेका थिए।

    तर, नयाँ सरकार गठन भएसँगै प्रधानमन्त्री शेरबहादुर देउबा, नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ र ऊर्जामन्त्री ऊर्जा जलस्रोत तथा सिँचाइ मन्त्री पम्फा भुसालबीच घिसिङलाइ ल्याउने सहमति भएको थियो।

  • ad space
  • सिफारिस
    लोकप्रिय