• vacancy ad
  • कांग्रेस शीर्ष नेताहरू देउवा, पौडेल र सिटौलाबीच छलफल हुँदै

  • Ad Space available
  • काठमाडौं। नेपाली कांग्रेसको आगामी महाधिवेशनका विषयमा शीर्ष नेताहरुबीच छलफल हुँदैछ। पार्टी सभापति एवं प्रधानमन्त्री शेरबहादुर देउवा, वरिष्ठ नेता रामचन्द्र पौडेल र पूर्वमहामन्त्री कृष्णप्रसाद सिटौलासहितका नेताहरुबीच देउवा निवास बुढानीलकण्ठमा दिउँसो साढे २ बजेपछि छलफल हुन लागेको हो।

    महाधिवेशनको नयाँ कार्यतालिका र क्रियाशील सदस्यता विवादबारे छलफल हुने कांग्रेस पार्टी कार्यालयका मुख्यसचिव कृष्णप्रसाद पौडेलले जानकारी दिए।

    ad space

    भदौ १६–१९ गतेका लागि निर्धारित महाधिवेशनको कार्यतालिका प्रभावित हुने देखिएपछि कांग्रेसभित्र पार्टी वैधानिकता जोगाउन भन्दै विभिन्न विकल्पमाथि छलफल भइरहेको छ।

    वरिष्ठ नेता पौडेल निर्धारित मितिमै महाधिवेशन गर्नुपर्ने अडानमा छन् भने सभापति देउवा मंसिरमा महाधिवेशन गर्ने गरी नयाँ कार्यतालिका ल्याउने कोशिस गरिरहेका छन्। देउवाको प्रस्ताव महामन्त्री डा.शशांक कोइराला र पूर्वमहामन्त्री सिटौला भने सकारात्मक छन्।

    सभापति देउवाले नयाँ कार्यतालिकाबारे छलफल गर्न बिहीबार केन्द्रीय समिति बैठक बोलाएका छन्। केन्द्रीय समिति बैठकअघि कार्यतालिकाबारे पार्टीभित्र समझदारी बनाउन शीर्ष नेताहरुबीच छलफल हुन लागेको देउवानिकट एक नेताले बताए।

    सभापति देउवाले मंगलबार संस्थापनइतर समूहका नेताहरु डा.शेखर कोइराला, डा. मिनेन्द्र रिजाल र गगन थापासँग महाधिवेशनबारे छलफल गरेका थिए।

  • ad space
  • सिफारिस
    लोकप्रिय