• vacancy ad
  • लुम्बिनी प्रदेशसभाको विशेष अधिवेशनविरुद्धको रिट न्यायाधीश भट्टराईको बेन्चमा

  • Ad Space available
  • लुम्बिनी प्रदेशसभाको विशेष अधिवेशन आह्वान रोक्न माग गर्दै परेको रिटमाथिको सुनुवाइ न्यायाधीश डा. आनन्दमोहन भट्टराईको इजलासमा हुने भएको छ ।

    लुम्बिनी प्रदेश भा सदस्य लिला गिरीले विशेष अधिवेशन आह्वान रोक्न माग गर्दै रिट निवेदन दायर गरेका थिए ।

    ad space

    उक्त रिटको सुनुवाइका लागि मंगलबार न्यायाधीश प्रकाशमान सिंह राउतको एकल इजलासमा पेसी तोकिएको भए पनि मंगलबार ‘हेर्न नभ्याइने’ सूचीमा राखिएको थियो।

    रिट निवेदनमा संविधानको धारा १६८ को उपधारा १ बमोजिम बहुमतप्राप्त दलको नेताका रूपमा पोखरेल गत वैशाख १९ गते नियुक्त भएको दाबी गर्दै दुई वर्षसम्म अविश्वास प्रस्ताव ल्याउन नपाइने जिकिर गरिएको छ ।

    लुम्बिनीका मुख्यमन्त्री शंकर पोखरेलविरुद्ध विपक्षी दलले अविश्वास प्रस्ताव दर्ता गर्दै प्रदेश प्रमुख अमिक शेरचन समक्ष विशेष अधिवेशनको माग गरेका थिए। आज १ बजे अधिवेशन बस्दै छ।
    अधिवेशनमा मुख्यमन्त्रीविरुद्धको अविश्वास प्रस्तावबारे छलफल हुने छ।

  • ad space
  • सिफारिस
    लोकप्रिय