• vacancy ad
  • बाइडेनले भने– सैनिक फिर्ता गर्ने निर्णयमा पछुतो छैन

  • Ad Space available
  • एजेन्सी। अमेरिकी राष्ट्रपति जो बाइडेनले अफगानिस्तानबाट सैनिक फिर्ता गर्ने आफ्नो निर्णयमा कुनै पश्चाताप नरहेको बताएका छन् । अफगानिस्तानमा तालिबानको नियन्त्रण तीव्र बनिरहेका बेला बाइडेनको पछिल्लो भनाई बाहिर आएको हो ।

    बाइडेनले अफगानिस्तानका नेताहरुलाई आफ्नो देशका लागि एकतावद्ध भएर लड्न सुझाव दिएका छन्। २० वर्ष लामो सैनिक अभियानपछि अमेरिकी सेना ११ सेप्टेम्बरसम्ममा पूर्ण रुपमा अफगानिस्तानबाट हट्दैछ ।

    ad space

    अमेरिकीसहित विदेशी सेना फिर्ता हुने क्रमसँगै अफगानिस्तानमा तालिबानको प्रभाव तीव्र रुपमा बढेको छ । अफगानिस्तानका ३४ मध्ये कम्तीमा ८ प्रान्तका राजधानी तालिबानले कब्जा गरिसकेको छ ।

    ह्वाइट हाउसमा पत्रकारसँग कुरा गर्दै राष्ट्रपति बाइडेनले अमेरिकाले गरेको वाचा अनुसारको सहयोग अफगानिस्तानलाई जारी राखेको बताए ।

    तालिबानविरुद्ध अमेरिकी सेनाले हवाई आक्रमण गरिरहेको छ भने सैनिकहरुको तलब तथा आवश्यक सामग्री तथा खाद्यान्न सहयोग गराइरहेको छ ।

    संयुक्त राष्ट्रसंघका अनुसार गएको महिना तालिबान र सरकारी सुरक्षा बलबिच भएको भिडन्तको क्रममा एक हजार भन्दा बढी सर्वसाधारणको मृत्यु भएको छ। युनिसेफले हिंसामा बालबालिका निशानामा परेको भन्दै चिन्ता व्यक्त गरेको छ।

    तालिबानले मंगलबारमात्रै दुई प्रान्तीय राजधानी फारह सिटी र पल–ए–खुम्री कब्जा गरेको छ ।पछिल्ला ५ दिनमा तालिबानले ८ वटा प्रान्तका राजधानीमा नियन्त्रण कायम गरेको छ।

  • ad space
  • सिफारिस
    लोकप्रिय