• vacancy ad
  • मेस्सी अब पीएसजीमा

  • Ad Space available
  • काठमाडौं । अर्जेन्टिनाका कप्तान लियोनल मेस्सीले फ्रेन्च क्लब पेरिस सेन्ट जर्मेन (पीएसजी) सँग सम्झौता गरेका छन् ।
    मेस्सीले मंगलबार बिहान पीएसजीसँग दुई वर्ष सम्झौता गरेका हुन् । मेस्सी सन् २०२३ सम्म पीएसजीमा रहन समहत भएका छन् ।

    ६ पटकका बालोन डी ओर विजेता मेस्सी बार्सिलोनासँग सम्झौता नवीकरण गर्न असफल भएपछि पीएसजीमा आबद्द भएका हुन् ।

    बार्सिलोनाको एकेडेमीमा हुर्किएका मेस्सी ला लिगाको वित्तीय संरचनाको कानुनी अडचनले गर्दा सम्झौता नवीकरण गर्न असफल भएका थिए ।

    ad space

    ३४ वर्षीय मेस्सीले २००४ मा बार्सिलोनाको सिनियर टिममा डेब्यु गरेका थिए । मेस्सीले २१ वर्षपछि बार्सिलोना छाडेका हुन् ।

    बार्सिलोनाका कीर्तिमानी खेलाडी मेस्सीले ७७८ खेलमा ६ सय ७२ गोल गरे ।

    मेस्सीले बार्सिलोनाबाट १० ला लिगा उपाधि जित्दा ४ च्याम्पियन्स लिगको उपाधि जितेका छन् ।

    यस्तै उनले ७ पटक कोपा डेल रे उपाधि हात पारेका छन् ।

  • ad space
  • सिफारिस
    लोकप्रिय