• vacancy ad
  • कालीगण्डकीको कहालीलाग्दो भीरको थाप्लोमा पर्यटीय संरचना

  • Ad Space available
  • काठमाडौँ । कालीगण्डकीले बनाएको गहिरो गल्छी र त्यही गल्छीमा उभिएको छ ठूलो पहाड। छेउछाउमा जाँदा आङ नै सिरिङ्ग हुने भीर छ।

    वारि बागलुङको बलेवास्थित नारायणस्थान गाउँ र पारी छ पर्वतको सदरमुकाम कुश्मा बजार। यी दुईको बीचमा पर्छ कहालीलाग्दो पहाड। यही भीर भएर कालीगण्डकीको दक्षिण पश्चिमतर्फ पाखो र कालीतिरमा अहिले मानव विचरण बढ्दो छ। लाग्थ्यो, भीर कहिलै कसैको रोजाइँ पर्दैन।

    पहिले घाँस दाउराका लागिसमेत नजिक पर्न नसकिने भीर अहिले साहसिक घुमघामको थलो बनेको छ। बाँदर दौडिन पनि नसक्ने भीरमा धमाधम संरचना बनेका छन्। तिनै संरचनाले आन्तरिक पर्यटक लोभ्याइरहेका छन्।

    सिफारिस
    लोकप्रिय