• vacancy ad
  • लुम्बिनीका भौतिक पूर्वाधार मन्त्री पाण्डेयले दिए राजीनामा, शंकर पोखरेल थप संकटमा

  • Ad Space available
  • दाङ । लुम्बिनी प्रदेशका भौतिक पूर्वाधार विकास मन्त्री जसपाका सन्तोष कुमार पाण्डेयले पदबाट राजीनामा दिएका छन् । मुख्यमन्त्री शंकर पोखरेलको नेतृत्वको सरकारमा सहभागी भएका मन्त्री पाण्डेयले मंगलबार राति राजीनामा दिएका हुन् ।

    सिद्धान्तको आधारमा राजनीति गर्ने जननिर्वाचित प्रतिनिधिले नैतिकताका आधारमा सरकारबाट फिर्ता हुनु नै उपयुक्त निर्णय ठानेर राजीनामा दिएको मन्त्री पाण्डेयले बताए ।

    ad space

    मुख्यमन्त्री पोखरेलविरुद्ध विपक्षी नेपाली कांग्रेस, नेकपा माओवादी केन्द्र, जनता समाजवादी पार्टी, नेपाल र राष्ट्रिय जनमोर्चाले साउन १९ गते तेस्रोपटक दर्ता गरेको अविश्वास प्रस्तावमाथि छलफल गर्न प्रदेशसभाको विशेष अधिवेशन बुधबार दिउँसो १ बजे बस्दैछ ।

    एमालेलाई सघाउँदै सरकारमा गएका उनलाई जसपाले कारबाही गरेर हटाइसकेको भए पनि अदालतमा उनको मुद्दा विचाराधीन छ ।

  • ad space
  • सिफारिस
    लोकप्रिय