• vacancy ad
  • उपत्यकाका तीनै जिल्लाका सीडीओको बैठक बस्दै, के होला निषेधाज्ञा ?

  • Ad Space available
  • काठमाडौं उपत्यका कोरोना भाइरसको संक्रमण बढेपछि कसरी नियन्त्र गर्ने भन्ने विषयमा तीनवटै जिल्लाका प्रमुख जिल्ला अधिकारीको बैठक बस्दै छ ।

    काठमाडौं, ललितपुर र भक्पुरका प्रमुख जिल्ला अधिकारीहरुको बैठक दिउँसो २ बजे काठमाडौं जिल्ला प्रशासन कार्यालयमा डाकिएको हो ।

    ad space

    बैठकमा कोरोना संक्रमणको पछिल्लो अवस्थाका बारेमा छलफल गरी निषेधाज्ञाको मोडालिटी फेरेर थप्ने निर्णय हुने बताइएको छ ।

    ‘आज अन्य निकायसँग पनि छलफल गर्छौँ । त्यसपछि के गर्ने भन्ने टुङ्गो लाग्नेछ,’ काठमाडौंका सीडीओ कालीप्रसाद पराजुलीले भने । बैठकमा छलफल गरेर कुन-कुन क्षेत्रमा रोक लगाउने र खुलाउने निर्णय गरिने उनको भनाइ छ ।

    पछिल्लो समय थप गरिएको निषेधाज्ञाको समय भोलि राति १२ बजेबाट सकिँदैछ । कोरोनाको दोस्रो लहरपछि काठमाडौं उपत्यकाभित्र वैशाख १६ गतेदेखि निषेधाज्ञा जारी छ ।

  • ad space
  • सिफारिस
    लोकप्रिय