• vacancy ad
  • खगेन्द्र संग्रौलाले भने : केपी ओली कति बकबक गरेका

  • Ad Space available
  • काठमाडाैँ । वरिष्ठ लेखक समेत रहेका नागरिक आन्दोलनका अगुवा खगेन्द्र संग्रौलाले रानीपोखरी र धरहरा आफ्नै खर्चमा आफैँले बनाएको जसरी प्रचार गरेको भन्दै केपी ओलीको आलोचना गरेका छन्।

    सोमबार एमालेको ११ औँ केन्द्रीय कमिटी बैठकलाई सम्बोधन गर्नेक्रममा ओलीले वर्तमान गठबन्धन सरकारले आफ्नो कार्यकालमा भएका राम्रो कामको पनि जस नदिएको भन्दै गुनासो गरेका थिए। एमालेलाई गाली बर्साउँदै आएको गठबन्धन सरकारको नीति तथा कार्यक्रमले देश बनाउने भन्दा भत्काउने योजना राखेको टिप्पणी उनको थियो। ओलीले भनेका थिए, ‘भत्काइदेऊ धरहरा, पुरिदेऊ रानीपोखरी, बन्द गर ओली याद आउने चिजहरु।’ओलीको सोही अभिव्यक्तिको आलोचना गर्दै लेखक संग्रौलाले सामाजिक सञ्जालमार्फत् उनको प्रशारशैलीको बिरोध गरेका हुन्।

    ad space

    ‘धरहरा र रानीपोखरी खड्गप्रसाद शर्मा ओलीले आफैँ नक्सा कोरेर,आफ्नै निजी सम्पत्ति खर्चेर, आफैँ सिमेन्ट, गिट्टी र छड बोकेर, आफ्नै हातले बनाएका हुन् कि कसो?’ संग्रौलाले ट्वीटरमा लेखेका छन्, ‘नत्र यी दुई चीज ओलीकै पौरख र निजकै गौरव हुन् झैँ गरी स्वयं ओली र उनका बाहुबलीगणले किन यतिसाह्रो कर्कश बकबक गरेका?’

  • ad space
  • सिफारिस