काठमाडौँ । सोमबार बसेको नेकपा एमालेको केन्द्रीय कमिटीले गरेको निर्णयपछि यसका नेता रामकुमारी झाँक्रीले अध्यक्ष केपी शर्मा ओलीप्रति आक्रोश व्यक्त गरेकी छन्।
सोमबारको बैठकले पार्टीको विधान संशोधन प्रस्ताव गर्दै अध्यक्ष ओलीलाई अझ शक्तिशाली बनाउने निर्णय गरेको छ।
यसै सन्दर्भमा नेता झाँक्रीले टिप्पणी गर्दै ओलीको आलोचना गरेकी हुन्।
‘क, ख, ओलीको नजरमा संसारमा २ प्रकारका मान्छेहरू छन्– १, शत्रुहरू २, चाकरहरू,’ उनले सामाजिक सञ्जालमा लेखेकी छन्, ‘उहाँ के गर्न चाहनुहुन्छ भन्ने स्पष्ट नै छ। त्यसैले आज जे गर्दै हुनुहुन्छ, जस्तो पार्टी बनाउन खोज्दै हुनुहुन्छ त्यो अनौठो होइन।’
सिफारिस
लोकप्रिय