एजेन्सी। अमेरिकाको क्यालिफोर्निया राज्यमा भीषण डढेलो लागेको छ। अग्नि नियन्त्रकहरूले डडेलो नियन्त्रणमा लिने प्रयास जारी राखेका छन्।
क्यालिफोर्नियाका विभिन्न क्षेत्रमा अहिले ११ वटा डढेलो सक्रिय अवस्थामा छन्। डिक्सी डढेलोले ग्रीनभिलको ऐतिहासिक गोल्ड रस टाउन ध्वस्त पारेको छ ।
स्थानीय अधिकारीहरुले डढेलो पूर्ण नियन्त्रणमा लिन केही साता लाग्ने बताएका छन्। अमेरिकामा अत्यधिक गर्मीसँगै डडेलोका घटना बढेका छन्।
डिक्सी डढेलो १३ जुलाईमा सुरु भएको हो। सो डढेलोले एक लाख ८७ हजार हेक्टर भन्दा बढी क्षेत्रफल बिनाश गरेको छ। अहिलेसम्म सो डढेलोको २१ प्रतिशत मात्रै नियन्त्रणमा आएको र निभाउने प्रयास जारी रहेको अधिकारीहरूले बताएका छन्।
डिक्सी डढेलो नियन्त्रणमा लिन पाँच हजार भन्दा बढी अग्नि नियन्त्रक परिचालन गरिएको छ।
सिफारिस
लोकप्रिय