• vacancy ad
  • तालिबानद्वारा अफगानिस्तानका थप तीनवटा प्रान्तको राजधानी कब्जा

  • Ad Space available
  • एजेन्सी। तालिबानले अफगानिस्तानमा थप तीन वटा प्रान्तीय राजधानी कब्जा गरेको छ।

    देशव्यापी रूपमा आफ्नो नियन्त्रण बढाउँदै गएको तालिबानले पछिल्ला दिनमा क्षेत्रीय राजधानीमाथि नियन्त्रण कायम गर्न थालेको छ । अफगानिस्तानमा जारी हिंसालाई लिएर अन्तर्राष्ट्रिय रूपमा चासो व्यक्त गरिएको छ। तालिबानले युद्धविरामको आह्वानलाई अस्वीकार गरेको छ।

    ad space

    तालिबानले आइतबार देशको उत्तरतर्फको प्रमुख सहर कुन्दुजलाई आफ्नो नियन्त्रणमा लिएको थियो। उसले सार-ए-पोल र तालोकान सहरमा पनि कब्जा गरेको छ।

    तालिबानले गत शुक्रवारयता पाँचवटा क्षेत्रीय राजधानीहरूमा आफ्नो नियन्त्रण कायम गरिसकेको छ। त्यसमध्ये तालिबानका लागि कुन्दुज यो वर्षको सबैभन्दा महत्त्वपूर्ण उपलब्धि हो।

    उक्त सहर राजधानी काबुलसहित देशका अन्य भागहरूमा जोडिएको छ।

    २० वर्ष लामो सैन्य अभियानपश्चात् अन्तर्राष्ट्रिय फौजले अफगानिस्तान छाड्न थालेपछि तालिबानको प्रभाव तीव्र रूपमा बढाएको छ। देशका बाहिरी क्षेत्रमा व्यापक नियन्त्रणपछि उसले अहिले मुख्य सहरहरूलाई लक्षित गर्दै हमला गरिरहेको छ।

    उत्तरी क्षेत्रका तीनवटा मुख्य सहरहरू आइतबार केही घण्टाको बीचमै तालिबानको नियन्त्रणमा गएका थिए। कुन्दुजका एकजना स्थानीयबासीले अवस्था एकदमै अस्तव्यस्त देखिएको छ।

    अफगान सरकारले चाहिँ तालिबानको नियन्त्रणमा गएका क्षेत्रहरूलाई पुन: फिर्ता ल्याउन सरकारी फौजले कारबाही जारी राखेको जनाएको छ।

    पश्चिमी सहर हेरात र दक्षिणी सहरहरू कान्दाहार तथा लश्कर गाहमा पनि तीव्र लडाइँ भइरहेका छन्। यसवर्ष अफगानिस्तानबाट हजारौं नागरिकहरू विस्थापित भएका छन्।

    शिशु र बालबालिकासहितका कैयौं परिवारले पूर्वोत्तर सहर असादाबादको एउटा विद्यालयमा शरण लिइरहेका छन्। अमेरिकाले तालिबान रहेका क्षेत्रमा हवाई आक्रमणलाई तीव्र बनाएको छ।

  • ad space
  • सिफारिस