भूमिसम्बन्धी समस्या समाधान आयोग खारेजविरुद्ध परेको रिटमाथि आज सर्वोच्च अदालत सुनुवाइ हुने भएको छ । सर्वोच्चका न्यायाधीश ईश्वरप्रसाद खतिवडाको इजलासमा उक्त रिटको पेसी तोकिएको छ ।
सो मुद्दामा ज्ञवालीसहित अधिवक्ता प्रवेश केसीलगायतको रिट पनि एकै ठाउँमा राखेर सुनुवाइ हुँदैछ । रिटमा आयोग विघटन गैरकानूनी र संविधानविपरीत रहेको दाबी गर्दै उत्प्रेषणको आदेशबाट बदर गर्न माग गरिएको छ । ज्ञवालीले आइतबार रिट दर्ता गराएका थिए भने केसीले सोही विषयमा शुक्रवार नै दर्ता गराएका थिए ।
सिफारिस
लोकप्रिय