प्रधानसेनापति पूर्णचन्द्र थापा आजबाट बिदामा बस्ने भएका छन् । थापा नेपाली सेनाको परम्पराअनुसार अवकास हुनुभन्दा एक महिनाअघि नै बिदामा बस्न लागेका हुन् ।
प्रधानसेनापति पूर्णचन्द्र थापाको तीन वर्षे पदावधि भदौ २४ मा सकिँदैछ । उनले अनिवार्य अवकाश पाएका छन् ।
थापा बिदामा बस्ने भएपछि कायममुकायम प्रधानसेनापतिको जिम्मा प्रभुराम शर्माले पाउनेछन् । सरकारको सिफारिसमा राष्ट्रपतिले बलाधिकृत रथी शर्मा कायममुकायम प्रधानसेनापतिको जिम्मेवारीमा नियुक्त गरिसकेकी छन् ।
प्रधानसेनापति थापा २०७५ भदौ २४ गते नेपाली सेनाको प्रधानसेनापतिमा नियुक्त भएका थिए ।
सिफारिस
लोकप्रिय