• vacancy ad
  • इरानको राष्ट्रपतिका पूर्वउम्मेदवार तेहरानको मेयरमा निर्वाचित

  • Ad Space available
  • इरानको राष्ट्रपति पदका लागि उम्मेदवारी दिएका एक नेता इरानकै एउटा सहरको मेयरमा निर्वाचित भएका छन् ।

    इरानको प्रतिनिधिसभाको सांसदसमेत भइसकेका एलिरेज जाकिनी इरानको राजधानी तेहरान सहरको मेयरमा निर्वाचित भएका हुन् ।

    ad space

    उनी मेयरमा निर्वाचित भएको आइतबार घोषणा गरिएको छ । उनले आफ्नो नगरमा रहेका लागुऔषध दुर्व्यसनी, बाल मजदुरी, मगन्तेलगायतका समस्या समाधान गर्ने अठोट गरेका छन् ।

    लामो समयदेखि राजनीतिमा सक्रिय जाकानीले सन् २०१३, २०१७ र २०२१ मा राष्ट्रपतिका लागि उम्मेदवारी घोषणा गरेका थिए । सन् २०१३ र २०१७ मा उनको उम्मेदवारीलाई आधिकारीक निकायले अयोग्य घोषणा गरेको थियो भने हालै सन् २०२१ मा भने उनले अन्तिम समयमा उम्मेदवारी फिर्ता लिएका थिए ।

    हालै निर्वाचित इब्राहिम रायसीलाई समर्थन गर्दै उनले उम्मेदवारी फिर्ता लिएका हुन् । रायसीलाई निर्वाचित गराउन उनले प्रमुख प्रचारकको रूपमा भूमिका खेलेका थिए । त्यसको बदलामा रायसीले पनि जाकानीलाई निर्वाचित गराउन भूमिका खेलेका थिए

    अहिले झण्डै ५५ वर्षीय जाकानीका श्रीमती र तीन सन्तान छन् । तेहरान चिकित्सा शिक्षा विश्वविद्यालयमा अध्ययन गरेका जाकानी इरानी अनलाइन पत्रिका र साप्ताहिक पत्रिकाको सञ्चालकसमेत हुन् ।

  • ad space
  • सिफारिस
    लोकप्रिय