• vacancy ad
  • गगनको प्रश्‍न – कक्षा १२ को स्थगित गरे अन्य परीक्षा किन सञ्चालन ?

  • Ad Space available
  • नेपाली कांग्रेसका नेता गगन थापाले १२ को परीक्षा स्थगित गरे अन्य परीक्षा किन संचालन गरेको भन्दै प्रश्‍न गरेका छन् । उनले यस विषयमा स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले धारणा सार्वजनिक गर्नुपर्ने माग गरेका छन् ।

    ‘कोरोना महामारीको कारणले कक्षा १२ को परीक्षा स्थगित तर अन्य परीक्षा सञ्चालन । यसको आधार र तर्क के हो ? यस विषयमा स्वास्थ्य तथा जनसंख्या मन्त्रालय को धारणा के छ ?’ उनले भनेका छन् ।

    ad space

    उनले सरकारलाई पनि स्वास्थ्य मापदण्ड पूरा गरेर परीक्षा सञ्चालन गरेको भनेर जनतालाई विश्वास दिलाउन नत्र वैकल्पिक माध्यमबाट परीक्षा सञ्चालन गर्न आग्रह गरेका छन् । ‘प्रधानमन्त्रीज्यू कि स्वास्थ्यका सम्पूर्ण मापदण्ड पूरा गरेर परीक्षा सञ्चालन गर्ने विश्वास सरकारले दिलाउनु पर्‍यो कि वैकल्पिक माध्यामबाट परीक्षा संचालन गर्नुपर्‍यो’ उनले भनेका छन् ।

  • ad space
  • सिफारिस
    लोकप्रिय