• vacancy ad
  • जसपाले डाक्यो केन्द्रीय समिति बैठक, महन्थ पक्षलाई छैन जानकारी

  • Ad Space available
  • जनता समाजवादी पार्टी (जसपा)ले केन्द्रीय समितिको बैठक डाकेको छ । भदौ १ र २ गते केन्द्रीय पार्टी कार्यालय बालकुमारीमा केन्द्रीय समितिको बैठक डाकिएको हो ।

    पार्टीका केन्द्रीय कार्यालय प्रमुख प्रकाश अधिकारीले भने बैठक डाकिए पनि अझैसम्म बैठकका लागि कुनै एजेण्डा तय नभएको बताए ।

    ad space

    यता महन्थ ठाकुर पक्षले भने बैठकबारे आफूहरूलाई पत्तो नभएको बताएको छ । जसपा केन्द्रीय सदस्य उमाशंकर अरगरियाले केन्द्रीय कमिटी बैठकबारे आफूहरूलाई जानकारी नभएको बताए ।

    पछिल्लो समय निर्वाचन आयोगले जसपाको उपेन्द्र यादव पक्षलाई पार्टीको आधिकारिकता दिएको छ । आधिकारिकता दाबी गर्दै महन्थ ठाकुर पक्ष अदालत गएको छ । सर्वोच्च अदालतले छलफलका लागि दुवै पक्षलाई बोलाएको छ ।

  • ad space
  • सिफारिस
    लोकप्रिय