• vacancy ad
  • आदिवासीको अधिकार सुनिश्चित गर्न सरकार प्रतिबद्ध छ : प्रधानमन्त्री

  • Ad Space available
  • काठमाडौ । प्रधानमन्त्री एवं नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले अल्पसङ्ख्यक र सीमान्तकृत समूहको अधिकारलाई सुनिश्चित गर्न सरकार सदैव प्रतिबद्ध रहेको बताएका छन ।

    ‘विश्व आदिवासी दिवस’का अवसरमा नेपाल र नेपालबाहिर बस्ने सम्पूर्ण नेपाली आदिवासी दिदीबहिनी तथा दाजुभाईहरूमा शुभकामना व्यक्त गर्दै उनले यस दिवसले सम्पूर्ण आदिवासीहरूको अधिकार र मुद्दालाई उठान गर्ने र सचेतीकरण गरी संसारभरका आदिवासी समुदायलाई एकै सूत्रमा बाँध्ने उल्लेख गरेका छन ।

    ad space

    ‘कसैलाई पछाडि नछाडौं, आदिवासी जनजाति र नयाँ सामाजिक सम्झौताका लागि आह्वान’ भन्ने नाराका साथ संसारभरका आदिवासीहरुले आज अर्थात अगस्ट ९ का दिन २७औँ विश्व आदिवासी दिवस मनाइरहेका छन् ।

    नेपाल सरकारले सन् २००७ सेप्टेम्बर १३ मा आदिवासीहरूको अधिकारसम्बन्धी अन्तर्राष्ट्रिय श्रम सङ्गठनको प्रावधानलाई अनुमोदन गरिसकेको छ । जसअनुसार सरकार महासन्धिलाई कार्यान्वयन गर्न पूर्ण प्रतिबद्ध रहेको प्रधानमन्त्री देउवाको भनाइ छ ।

  • ad space
  • सिफारिस
    लोकप्रिय