पोर्चुगल । एनआरएनए पोर्चुगलको कार्यलयमा आइतबार साँझ एक असन्तुष्ट समूहले तालाबन्दी गरेका छन्।
अगस्ट १ तारिखमा सम्पन्न निर्वाचन निष्पक्ष नभएको, प्रकिया मिचिएको र निर्वाचन समिती एकपक्षीय भएको भन्दै उनीहरुले तालाबन्दी गरेका हुन्।
लिस्वनको मतदान केन्द्रमा कुल मतदाता संख्या ६२७ रहेको तर मत भने ६३४ खसेको थियो। तोकिएको संख्या भन्दा ७ भोट धेरै खसेको भेटिएपछि मतदाताहरु आश्चर्यचकित परेका थिए।
सिफारिस
लोकप्रिय