काठमाडौँ ।नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले प्रधानमन्त्रीसमेत रहेका पार्टी सभापति शेरबहादुर देउवामाथि खरो टिप्पणी गरेका छन् । नियमित कार्यकालमा पार्टीको महाधिवेशन नगरेको, त्यसपछि छ महिना थपिएको र त्यो समयमा पनि महाधिवेशन गर्न नसकेर निर्वाचन आयोगसँग भिख माग्नुपर्ने अवस्थामा कांग्रेसलाई पुर्याएको भन्दै उनले आपत्ति जनाएका हुन् ।
‘पार्टी विधानले चार वर्षको कार्यकाल तोकिएको छ । असाधारण परिस्थिति भनेर एक वर्ष थपियो । देशको संविधानलाई समातेर छ महिना बढाइयो । आज आएर त्यस भित्र पनि महाधिवेशन नगरेर नेपाली कांग्रेसलाई निर्वाचन आयोगसँग भिख माग्ने निरीह अवस्थामा पुर्याइएको छ,’ उनले फेसबुकमा लेखेका छन्, ‘यहाँभन्दा वर्तमान नेतृत्वको चरम असफलता र लापर्वाही अरु के हुन्छ ? यो देशकै विडम्वना हो । सर्वत्र असफल व्यक्तिहरु बारम्बार सत्ता समाल्न पुग्छन् ।’