• vacancy ad
  • बिदाइमा रोकिएन आँसु

  • Ad Space available
  • एजेन्सी । लियोनेल मेस्सी बार्सिलोनाबाट बिदाइका क्रममा आयोजित सम्बोधनका क्रममा भक्कानिएका छन् । आफ्नो अभिव्यक्ति राख्नुअघि नै सम्हाल्न नसकेर आँसु झारेका मेस्सी सम्बोधन सकिएपछि उपस्थित सबैले लामो समय ताली बजाएर सम्मान दिँदा भक्कानिएर रोएका थिए ।

    मेस्सीले बार्सिलोना बस्ने आफ्नो चाहना हुँदाहुँदै पनि सम्भव नभएको बताए । क्लब र आफ्नो व्यक्तिगत रूपमा सबै प्रयास गरे पनि त्यो सम्भव नभएको मेस्सीले प्रस्ट पारे ।
    ‘म क्लबका अध्यक्ष र व्यवस्थापन सबै आ–आफ्नो स्थानमा प्रस्ट थियौं । हामी सबैले सहमति पनि जनाएका थियौं । तर, लिगको नियमका कारण सम्भव हुन सकेन । हामी कसैले पनि यो अवस्था चाहेका थिएनौं,’ मेस्सीले भने ।

    ad space

    मेस्सीले आफ्नो र परिवारको सारा जीवन नै बार्सिलोनामा बितेको हुनाले केही वर्षपछि यहाँ नै फर्कने प्रस्ट पारे । मेस्सीले यो आफ्नो करियरकै सबैभन्दा कठिन समय रहेको स्विकारे । ‘मैले करिअरमा निकै कठिन समयको सामना गर्नुप¥यो । धेरै खराब नतिजाको सामना गरे, तर यो जस्तो अवस्था थिएन । अब मैले पुनः प्रशिक्षणमा फर्कनुपर्छ तर, अवस्था निकै फरक हुनेछ । यो समय मेरा लागि निकै कठिन छ’, उनले भने ।

  • ad space
  • सिफारिस
    लोकप्रिय