• vacancy ad
  • त्रिविले अहिले सञ्चालन गरिरहेका कुनै पनि परीक्षा नरोक्ने

  • Ad Space available
  • काठमाडौं। त्रिभुवन विश्वविद्यालयले हाल सञ्चालन भइरहेका कुनै पनि परीक्षा नरोक्ने भएको छ।

    आइतबार बसेको त्रिवि कार्यकारी परिषदको बैठकले हाल सञ्चालन भइरहेको परीक्षामा विद्यार्थी संख्या थोरै भएकाले स्वास्थ्य मापदण्ड पालना गरेर परीक्षा सञ्चालन गर्ने निर्णय गरेको परीक्षा नियन्त्रक पुष्पराज जोशीले जानकारी दिएका छन्।

    त्रिविले सञ्चालन गरिरहेको वार्षिक परीक्षाहरु साउन २९ गते र सेमेष्टर प्रणालीका परीक्षा भदौ ५ गते सकिँदैछ।

    कोरोना संक्रमितको संख्या बढ्दै गएपछि कक्षा १२ को परीक्षा स्थगित गरिएपछि अन्य परीक्षाहरु पनि रोक्नुपर्ने आवाज उठेको छ।

    तर त्रिविले भने धेरै विद्यार्थीको परीक्षा सकिइसकेको र बाँकी परीक्षा दिने विद्यार्थीको संख्या कम भएकाले स्वास्थ्य मापदण्ड पालना गरेर परीक्षा दिँदा जोखिम नहुने उल्लेख गरेकाे छ।

    सिफारिस
    लोकप्रिय