• vacancy ad
  • अर्को प्रान्तीय राजधानी कब्जामा लिएको तालिबानको दाबी

  • Ad Space available
  • एजेन्सी। अफगानिस्तानको तालिबान समूहले दोस्रो प्रान्तीय राजधानी पनि आफ्नो कब्जामा लिन सफल भएको दाबी गरेको छ।

    अफगानिस्तानको ग्रामिण इलाकामा प्रभाब रहेको तालिवान समूहले अफगानिस्तानबाट अमेरिकासहितका विदेशी सेना फिर्ता हुने निर्णयसँगै आफ्ना गतिविधिलाई बढाउँदै लगेको छ।

    उत्तरी क्षेत्रको जोजन राज्यको राजधानी शबरगान सहर आफ्नो नियन्त्रणमा आएको तालिबानले बताएको छ। यसअघि शुक्रबार तालिबानले दक्षिण पश्चिमी प्रान्त निमरोजको राजधानी जारान्ज कब्जामा लिएको थियो।

    यद्यपि अफगानिस्तानको रक्षा मन्त्रालयका प्रवक्ताले भने सरकारी सुरक्षाकर्मी अहिले पनि शहरमा रहेको र चाँडै नै तालिबान लडाकूलाई हटाउने बताएका छन्।

    तालिबान समूहले प्रान्तीय सहरलाई आफ्नो पकडमा ल्याएको घोषणा सरकारी सुरक्षाबलका लागि ठूलो धक्का हो।

    पश्चिमको हेरात, दक्षिणको कान्दाहर र लश्कर गाहसहितका प्रमुख शहरहरु पनि क्रमशः आफ्नो नियन्त्रणमा लिँदै जाने तालिबानको रणनीति रहेको तालिवान समूहका एक कमाण्डरले बताएका छन्। सरकारले सेनालाई उक्त क्षेत्रमा सशक्त पारेको जनाएको छ।

    सिफारिस
    लोकप्रिय