काठमाडौं। नेपाली राष्ट्रिय क्रिकेट टोलीको ७७ नम्बरको जर्सी तत्काल प्रयोग नगरिने भएको छ।
नेपाल क्रिकेट संघ (क्यान)ले पूर्व कप्तान पारस खड्काको सम्मानमा राष्ट्रिय क्रिकेट टिमको ७७ नम्बरको जर्सी तत्काल प्रयोग नगर्ने भएको हो।
पूर्व कप्तान पारस खड्काले ७७ नम्बरको जर्सी प्रयोग गर्दै आएका थिए। उनको सम्मानमा यो जर्सी तत्काल प्रयोग नगर्ने निर्णय गरेको क्यानले जनाएको छ।
पूर्व कप्तान पारसले गत साता अन्तर्राष्ट्रिय क्रिकेटबाट सन्यासको घोषणा गरेका छन्।
सिफारिस
लोकप्रिय