• vacancy ad
  • न्यूनतम साझा कार्यक्रम सार्वजनिकको तयारी

  • Ad Space available
  • सत्तारूढ गठबन्धनले आज सरकारका न्यूनतम साझा कार्यक्रम सार्वजनिक गर्दै छ । त्यसअघि गठबन्धनका शीर्ष नेताहरू छलफलमा जुटेका छन् । प्रधानमन्त्री निवास बालुवाटारमा न्यूनतम साझा कार्यक्रम तयार पार्ने कार्यदलका सदस्यसहित शीर्ष नेताहरूले छलफल गरेका हुन् ।

    कार्यदलले मन्त्रीको आचारसंहिता, सरकार संचालनको कार्यविधि र न्यूनतम साझा कार्यक्रम तयार पारेर शीर्ष नेताहरूलाई बुझाएको थियो । छलफलपछि आज ४ बजे उक्त कार्यक्रम सार्वजनिक गर्ने तयारी रहेको छ ।

    ad space

    छलफलमा कांग्रेसका सभापति तथा प्रधानमन्त्री शेरबहादुर देउवा, माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ र जनता समाजवादी पार्टीका अध्यक्ष उपेन्द्र यादवलगायतका नेता छन् ।

    त्यसअघि सरकारको साझा कार्यक्रमबारे विरोध भएपछि संशोधन हुने भएको छ । साझा कार्यक्रममा स्थानीय तहलाई प्रदेशको क्षेत्राधिकारभित्र ल्याउन आवश्यक कार्य गर्ने उल्लेख थियो । उक्त विषयमा राजनीतिक वृत्तमा व्यापक आलोचना र विरोध भइरहेको छ ।

  • ad space
  • सिफारिस
    लोकप्रिय