• vacancy ad
  • गत वर्षमात्रै एक अर्ब ६५ करोडको डाइपर आयात

  • Ad Space available
  • काठमाडाैं। गत आर्थिक वर्षमा नेपालले एक अर्ब ६५ करोड मूल्य बराबरका डाइपर आयात गरेको छ।

    सो अवधिमा विभिन्न १५ मुलुकबाट उक्त मूल्य बराबरका १० करोड ५५ लाख थान डाइपर आयात भएको भन्सार विभागले जनाएको छ।

    ad space

    विभागका अनुसार तीमध्ये सबैभन्दा बढी भारतबाट एक अर्ब ५० करोड मूल्य बराबरका करिब १० करोड थान डाइपर आयात भएको छ।

    त्यस्तै भियतनामबाट ५० लाख मूल्य बराबरका पाँच लाख २० हजार तथा पाकिस्तानबाट ३१ लाख मूल्य बराबरका करिब १५ हजार थान डाइपर आयात भएको विभागले जनाएको छ।

    नेपालले मलेशिया, थाइल्याण्ड, युनाइटेड स्टेट्स (यूएइ), टर्की, थाइल्याण्ड, हङकङ, सिङ्गापुर र डेनमार्कबाट पनि डाइपर आयात गर्ने गरेको छ।

    विशेषगरी नवजात शिशु, शल्यक्रिया गरेका बिरामी, ज्येष्ठ नागरिक तथा लामो यात्रा गर्नेले मलमूत्र अन्यत्र नजाओस् भन्नका लागि डाइपरको प्रयोग गर्ने गर्दछन्।

  • ad space
  • सिफारिस
    लोकप्रिय