• vacancy ad
  • कालीकोटमा १० दिन थपियो निषेधाज्ञा

  • Ad Space available
  • कालीकोट। कालीकोटमा जारी निषेधाज्ञा १० दिनका लागि थप गरिएको छ।

    जिल्ला प्रशासन कार्यालयका सहायक प्रमुख जिल्ला अधिकारी देवीन्द्रप्रसाद श्रेष्ठले जिल्लाभरि भदौं १ गतेसम्मका लागि निषेधाज्ञा थप गरिएको जानकारी दिए।

    उनका अनुसार निषेधाज्ञाको नियममा भने कुनै परिवर्तन भएको छैन। कोरोना महामारीको दोस्रो लहरसँगै लागू गरिएको निषेधाज्ञा पटकपटक थप गर्दै यही साउन २२ गते राति १२ बजेसम्म कायम रहेको थियो।

    सिफारिस
    लोकप्रिय