• vacancy ad
  • एक्लो प्रयासले पार्टीको समस्या समाधान हुँदैन : माधव नेपाल

  • Ad Space available
  • काठमाडौं। नेकपा एमालेमा वरिष्ठ नेता माधवकुमार नेपालले आफ्नो एक्लो प्रयासले पार्टीको समस्या समाधान नहुने बताएका छन्।

    उनले म नै सर्वज्ञानी हुँ भन्ने अहंकारका कारण पार्टीभित्र समस्या देखिएको टिप्पणी गर्दै एक्लो प्रयासले त्यसको समाधान नहुने बताएका हुन्।

    शनिबार आफू पक्षीय जनवर्गीय संगठनहरुले ललितपुरमा आयोजना गरेको कार्यक्रममा बोल्दै उनले भने,‘हामी कहाँ अहंकारका प्रवृत्तिहरु देखा परे। सामूहिकताका भावनाहरु हराउन थाले। अरुका ज्ञान अनुभवहरुलाई बेवास्ता गर्न थालियो। मै सबथोक, सर्बज्ञानी हुँ भन्ने अहंकार, घमण्ड बढेर गयो। र हाम्रो पार्टी नेकपा (एमाले)मा समस्या देखापर्‍यो। त्यो समस्या हामी हल गर्न चाहिरहेका छौं।’

    पार्टी एकताका नाममा बाँदरे नाच प्रदर्शन गरिएको टिप्पणी गर्दै उनले आफूभित्र रहेका त्रुटी स्वीकार गरेर अघि बढ्ने आँट गर्नुपर्ने पनि बताए।

    सिफारिस
    लोकप्रिय