• vacancy ad
  • थप ३,२१८ सङ्क्रमित थपिए, १,७२२ जना सङ्क्रमणमुक्त

  • Ad Space available
  • काठमाडाैं। पछिल्लो २४ घण्टामा नेपालमा तीन हजार २१८ जनामा कोरोना भाइरस सङ्क्रमण पुष्टि भएको छ।

    स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका अनुसार १३ हजार ५७३ जनाको नमूना परीक्षणमा आज थप तीन हजार २१८ जनामा सङ्क्रमण पुष्टि भएको हो।

    ad space

    एक हजार ७२२ जना सङ्क्रमणमुक्त भएका छन्। योसँगै सङ्क्रमणमुक्त हुनेको सङ्ख्या छ लाख ६७ हजार २७० जना पुगेको छ। नेपालमा निको हुने दर ९३.६ प्रतिशत छ।

    यस्तै पछिल्लो २४ घण्टामा कोरोना भाइरस सङ्क्रमणका कारण १९ जनाको मृत्यु भएको मन्त्रालयले जनाएको छ। अहिलेसम्म नेपालमा कोरोना भाइरस सङ्क्रमणका कारण १० हजार ३८ जनाको मृत्यु भइसकेको छ। नेपालमा सङ्क्रमणका कारण मृत्यु हुने दर एक दशमलव पाँच प्रतिशत रहेको छ ।

    यसैगरी ७४६ जना सघन उपचारकक्ष (आइसीयू) र १६९ जना भेन्टिलेटरमा उपचार गराइरहेका छन् ।

    त्यस्तै ३२ हजार २७ जना होमआइसोलेशन, तीन हजार ४०५ संस्थागत आइसोलेसन, ४४३ क्यारेन्टिनमा रहेका छन् । पछिल्लो २४ घण्टामा एक लाख ९१ हजार ३३९ जनाले खोप लगाएको मन्त्रालयले जनाएको छ ।

    काठमाडौं उपत्यकामा आज थप ९१० जनामा कोरोना भाइरस सङ्क्रमण पुष्टि भएको छ। तीमध्ये काठमाडौंमा ५९३, ललितपुरमा १८९ र भक्तपुरमा १२८ जना रहेका छन् ।

  • ad space
  • सिफारिस
    लोकप्रिय