• vacancy ad
  • ओली समूहले भन्यो– एकताका नाममा पार्टीका काम रोकिदैनन्

  • Ad Space available
  • काठमाडाैं। पार्टी एकतामा जोड दिने माधव नेपाल समूहको निर्णयलगत्तै ओली समूहले एकताका नाममा पार्टीका काम नरोकिने प्रतिक्रिया दिएको छ।

    प्रवक्ता प्रदीप ज्ञवालीले पार्टीका काम नरोकिने बताएका हुन्। नेपाल समूहको केन्द्रीय कमिटी बैठकले पार्टी एकता प्रक्रिया चलिरहेका बेला एकतामा असर पर्ने सदस्यता नवीकरण लगायतका संगठनात्मक गतिविधि तत्काल रोक्न आग्रह गरेको थियो।

    ad space

    नेपाल समूहले एकताका लागि जोड दिने निर्णय गरेकै दिन ओली पक्षले विधान संशोधनबारे छलफल सुरू गरेको छ।ओली पक्षले साउन २७ र २८ गते विधान सम्मेलन गर्ने निर्णय गरेको छ।

    आगामी केन्द्रीय कमिटी बैठकले विधान संशोधनको प्रस्ताव तयार पार्ने प्रवक्ता ज्ञवालीले बताएका छन्।

  • ad space
  • सिफारिस